ad
x

सहिद स्मारक लिग: सातदोबाटोको पहिलो जित, थ्री स्टार स्तब्ध

person explore access_timeमंसिर १०, २०७८ chat_bubble_outline0

सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो । 


सातदोबाटोको जितमा  सुदीप गुरुङले निर्णायक गोल गरे । ३०औं मिनेटमा अजयी मार्टिनको ‘कटब्याक‘ पासमा सुदीप गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहारमा थ्री स्टारका गोलकिपर गुइलाउमे प्रिसो मूकदर्शक बनेका थिए ।   गत बर्ष पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोको यो पहिलो जित हो । अघिल्लो खेलमा सातदोबाटो फ्रेन्डससँग बराबरीमा रोकिएको थियो । खेलसँगै प्रशिक्षक मेघराजले आफ्नो पूर्वक्लबबिरुद्ध जित निकाल्न सफल भए । 



थ्री स्टारको भने यो पहिलो हार हो । लिगको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित भएको थियो । बाँकी समय दुवै टोलीले गोलको केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा एक शून्यले अग्रता लिएको सातदोबाटो दोस्रो हाफमा झनै आक्रमक बनेको थियो । गोलको तीनवटा राम्रो अवसर सिर्जना गरे पनि सातदोबाटोका फरवार्डले गोलमा परिणत गर्न सकेनन् । 



७२औं मिनेटमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार थ्री स्टारको गोलकिपर प्रिसोले बचाइदिएका थिए । त्यसअघि नीरज चौधरीले प्रहारलाई पनि प्रिसोले बचाइदिएका थिए ।  ८२औं मिनेटमा थ्री स्टारका विक्रम लामाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार थोरैले आकाशिएको थियो । विक्रमले निशान खड्काको कर्नर प्रहारमा हेडिङ गरेका थिए । जितसँगै दुई खेलबाट ४ अंक बनाएको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X