टेन्डी शेर्पाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, कर्मचारी, खेलाडीलगायतले स्व. लामाको तस्बिरमा पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसअघि पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बास्केटबल संघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले बौद्धस्थित शेर्पा गुम्बामा राखिएको स्व. लामाको पार्थिव शरीरमा झण्डा ओढाउनुका साथै पुष्पगुच्छा चढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. लामोको शुक्रबारै जम्बु डाँडामा अन्त्येष्टि गरिएको छ । लामाको गत बुधबार निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुट्दैछौँ भन्छ : मनिष झा