शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने उज्ज्वल ट्रेड कन्सर्न विभागको कारबाहीमा

शुक्रबार, १० मङ्सिर २०७८, १७ : ३१
शुक्रबार, १० मङ्सिर २०७८

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने उज्ज्वल ट्रेड कन्सर्न प्रा.लि राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना रही हाल काठमाडौँ रहेको कम्पनीले झुट्टा तथा नक्कली मु.अ.कर बिजक मात्र जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो । 

उक्त रकम असुल गरी निज कम्पनी माथि हदैसम्मको कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागले माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप