आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्ध  माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

शुक्रबार, १० मङ्सिर २०७८, १७ : १५
शुक्रबार, १० मङ्सिर २०७८

कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकता छैन् । अब सबैजना बुद्धिजिवी, वामपन्थी, देशभक्त एक ठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भने मात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आतङ्क मच्चाएको झैँ नेपालमा पनि आतङ्क मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाइ दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’  

त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भीर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आइपुगेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताको तस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप