रेल सञ्चालनको माग गर्दै जनकपुरधाममा आन्दोलन

रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीले प्रदर्शन गरेका छन् । महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।
रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो । स्थानीय मनोजकुमार साहको अगुवाईमा रेल सञ्चालनको मागसहित आन्दोलन भएको हो । साहले सीताराम विवाहपञ्चमी अघि नै रेल्वे सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताए ।
यसैबीच प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपा नेपालका नेताहरुले रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले रेल सञ्चालन नहुँदा जनकपुरधामको आर्थिक विकासमा पनि बाधा पुगेको बताए ।
लोसपाका नेता उमेश मण्डलले धार्मिक पर्यटन र जनकपुरको अर्थतन्त्र बढाउन रेल सेवाले सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै अविलम्ब सञ्चालन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री