शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

शुक्रबार, १० मङ्सिर २०७८, १६ : ३५
शुक्रबार, १० मङ्सिर २०७८

जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि  बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर परेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।

उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै  मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप