एमाले चितवन जिल्ला अध्यक्ष रावल –‘अध्यक्ष ओलीको नेतृत्वमा ३ तहकै चुनावमा २ तिहाइ बहुमत ल्याउँछौँ’
एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले केपी ओलीको नेतृत्वमा आगामी ३ तहको निर्वाचनमा एमालेले २ तिहाइ बहुमत ल्याउने बताएकी छिन् । चितवनमा शुक्रबार पाटीको दसौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रावलले २ तिहाइ बहुमत ल्याएर बाँकी रहेका कामहरू पूरा गर्ने बताइन् ।
रावलले चितवन विकास निर्माण शैक्षिक, स्वास्थ्य, कृषि विकास र आधुनिकीकरण तथा सौराहाको पर्यटनले चर्चामा रहेको बताउँदै अध्यक्ष ओलीले अयोध्याभूमिमा राम मन्दिरको स्थापनाले पनि चर्चामा रहेको बताइन् । उनले भनिन्–‘हाम्रा श्रदेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले रामको जन्मभूमि अयोध्या धाम घोषणा गर्नुभएको छ । आज संसारभर रहेका हिन्दु धर्मावलम्बी राम मन्दिर निर्माणको दिशामा अघि बढेका छौँ ।’
२०१७ सालमा चितवनमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गर्ने तय भए पनि त्यो बेला हुन नसके पनि ६० वर्षपछि एमालेको राष्ट्रिय महाधिवेशन भएकोमा चितवनवासी हर्षविभोर भएको बताइन् । उनले चितवनमा राष्ट्रिय महाधिवेशन गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद ज्ञापन गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
-
‘फुटबल मैदानका लागि काठमाडौँमा जग्गा भेटिएन’
-
डार्क सर्कल किन हुन्छ ?
-
बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
-
६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार