सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द
शुक्रबार, १० मङ्सिर २०७८, १६ : ११

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण सांघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।
सांघाईबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित