ad
x

सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

person explore access_timeमंसिर १०, २०७८ chat_bubble_outline0

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण सांघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ  ।  


सांघाईबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै  पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । –एएफपी













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।