आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न

नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दर्ज्यानी चिह्नबाट सुशोभन गरे ।
बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उनीहरू प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका हुन् ।
उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उनीहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उनको जोड थियो । उनले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गरे ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड
-
ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले