अन्तरिक्ष पनि हाम्रो हो, अब हामी स्याटेलाइटबाट पनि काम गर्नेछौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्ने दावी गरेका छन् । चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे । उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए ।
उनले भने– ‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौं । अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ । अन्तरिक्ष पनि हाम्रो हो ।’
एमाले अध्यक्ष ओलीले अगाडि भने–‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, फोर जि बिच्छ्याका छौँ । अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ । अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’
यस्तै उनले समुन्द्रमा आफूले नेपालको हक छ भनेर आफूले पहिलो पटक आफूले भनेको उल्लेख गरे । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन