शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मामाको हत्या गर्ने भान्जा पक्राउ

शुक्रबार, १० मङ्सिर २०७८, १५ : २१
शुक्रबार, १० मङ्सिर २०७८

काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेका थिए । कुटपिट पछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरिएको पगेनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप