शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा भण्डारीको उम्मेदवारी

शुक्रबार, १० मङ्सिर २०७८, १५ : ०९
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।  आज कैलालीको गौरीफन्टा नाकाको ७५३ बाई १७१ नम्बर सीमास्तम्भ पिल्लरमा उभिएर उनले काँग्रेसको केन्द्रीय सदस्यको घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसको मंसिर २४ गते हुने आसन्न १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेको उनले बताए ।  उनी हालै सम्पन्न क्षेत्र नम्बर ५ बाट ३४५ ल्याएर नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप