शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने

शुक्रबार, १० मङ्सिर २०७८, १४ : ५०
शुक्रबार, १० मङ्सिर २०७८

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो ।  

यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् । उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् ।  उक्त अफरमा आईएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यास ब्याक हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप