बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

कोरोना महामारी सुरुवात भएको लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ४७ हजार २४० नयाँ सङ्क्रमित थपिएका छन्, जुन गत अक्टोबरयताकै उच्च हो । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक मिलियनभन्दा बढी अर्थात् एक करोड २१ हजार ४९७ पुगेको छ । कोरोनाकै कारण हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या झन्डै २६ करोड नाघेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा १४७ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४४ हजार ४३३ पुगेको छ । तर, कोरोनाका कारण मृत्यु भएको मृत्यु दर्ताका आधारमा भने मृतक सङ्ख्या झन्डै एक लाख ६८ हजार रहेको छ । विश्वभरमा झन्डै ५२ लाख मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ ।
बेलायतमा अहिले २८.५ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । बिहीबारसम्मको तथ्याङ्क अनुसार यहाँ एक करोड ६३ लाख ८३ हजार ५७५ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घण्टामा तीन लाख ७८ हजार भन्दा बढीले बुष्टर डोज लगाएका छन् । यसैगरी पाँच करोड ८५ लाख दुई हजार १३३ जना अर्थात् ८८.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ३२ हजार २५८ जना अर्थात् ८०.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।
सङ्क्रमण दर उच्च रहे पनि बेलायतमा अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या भने केही ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा ७४५ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल ७ हजार ६४१ जना सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य विभागले जानेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू