मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

शुक्रबार, १० मङ्सिर २०७८, १३ : ५४
शुक्रबार, १० मङ्सिर २०७८

माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्रहालय घुम्न आउने आगन्तुकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो । 

शुक्रबार संग्रहालयमा भएको एक कार्यक्रमकाबीच बैंकले लकर हस्तान्तरण गरेका हो । कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भ्रमण गर्न पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप