शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विवाहको प्रलोभन देखाएर १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

शुक्रबार, १० मङ्सिर २०७८, १३ : ५३
शुक्रबार, १० मङ्सिर २०७८

पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

ती किशोरीलाई  विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यता बर्दियामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको  छ । ती महिलालाई २०७७  कात्तिक ९ गते जबरजस्ती करणी गरी फरार भएका थारुको जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरिया नगरपालिका-३ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप