देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको छ : बादल

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताएका छन् । चितवनको भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताउँदै जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए । उनले भने–‘मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ ।’
उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए । एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षपोषणमा लागेको नेता बादलले बताए । एकातर्फ वामपन्थी र अर्कोतर्फ दक्षिणपन्थी अन्ध राष्ट्रवादी शक्ति रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य नभएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना