शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

शुक्रबार, १० मङ्सिर २०७८, १३ : ४२
शुक्रबार, १० मङ्सिर २०७८

पाल्पामा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षीया मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरी सारूले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त  हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप