शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाका भतिज प्रकाश सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

शुक्रबार, १० मङ्सिर २०७८, १३ : २९
शुक्रबार, १० मङ्सिर २०७८

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाश स्वकीय सचिवसमेत हुन् । प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका हुन् ।

खुलातर्फबाट प्रतिस्पर्धा गरेका प्रकाशले ३ सय ३ मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।

गत आम निर्वाचनमा देउवा पत्नी आरजु राणाको चुनाव लडेको निर्वाचन क्षेत्रबाट प्रकाशले महाधिवेशन प्रतिनिधि जितेका हुन् । राणा भने डडेल्धुराबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप