
वरिष्ठ पत्रकार शाहको नेतृत्वमा अटो पत्रकार संघ (जाम) घोषणा

अटो पत्रकार संघ (जाम) को घोषणा भएको छ । वरिष्ठ पत्रकार एवम् सञ्चार गृह व्यवसायी उज्जवलजंग शाहको नेतृत्वमा बिहीबार राजधानीमा ११ सदस्यीय ‘जर्नालिस्ट एसोसिएसन फर अटोमोबाइल एण्ड मोविलिटी (जाम) को घोषणा भएको हो ।
जामको उपाध्यक्षमा पत्रकार सुरेन्द्र पौडेल चयन भएका छन् भने, महासचिवमा सागर गजुरेल, सचिवमा तोयानाथ पौडेल र कोषाध्यक्षमा रोशनकुमार श्रेष्ठ चयन भएका छन् । संघको अन्य केन्द्रीय सदस्यहरूमा प्रयास श्रेष्ठ, सौरभ नेपाल, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्ज्वल घिमिरे चयन भएका छन् । नवगठित जामका सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् ।
सोही दिन नवगठित जामका पदाधिकारीहरूलाई नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले स्वागत गरेको छ । होटल सोल्टीमा आयोजित कार्यक्रममा जामका नवनियुक्त पदाधिकारीहरूलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले खादा लगाएर सम्मान गर्दै स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष दुलालले बृहत्तर अटोमोबाइल क्षेत्रको अहिलेको आवश्यकता अटोमोबाइल व्यवसायी, सरकार र उपभोक्ताका बीचमा रहेर सेतुको काम गर्ने असल पत्रकारको खाँचो रहेको र त्यो अभाव अब जामले पुरा गर्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा जामका तर्फबाट बोल्दै अध्यक्ष उज्ज्वलजंग शाहले नाडासँग मिलेर जामले सडक सुरक्षा, आयात निर्यात र अटोमोबाइल क्षेत्रको यावत् ज्ञान र सरोकारका मुद्दाहरु जनमासमा पुर्याउन चाहेको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ