शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

शुक्रबार, १० मङ्सिर २०७८, १२ : ५८
शुक्रबार, १० मङ्सिर २०७८

धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।  मिथिला नगरपालिका–२ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका(७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । 

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज १ त. ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप