काठमाडौंमा चिसो बढ्यो, देशका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।
यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । ४ दिन अघि न्यूनतम तापक्रम ११ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।
आज दिउँसो बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहने यी क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागहरुका हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्य रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
यस्तै भोलि शनिवार बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहने, उच्च पहाडी तथा हिमाली भु–भागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम आइतबार सम्म जारी रहने महाशाखाको भनाई छ ।
बंगालको खाडीमा न्यून चापीय प्रणाली विकास भएकोले देशको पूर्वी भूभागबाट बदली हुँदै पश्चिमतिर सरिरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । बादलमा हल्का मात्र पानीको मात्रा भएकोले ठुलो बर्षा नहुने तर चिसो बढाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी