शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा चिसो बढ्यो, देशका केही भागमा हल्का वर्षाको सम्भावना

शुक्रबार, १० मङ्सिर २०७८, १२ : ५०
शुक्रबार, १० मङ्सिर २०७८

काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।

यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । ४ दिन अघि न्यूनतम तापक्रम ११ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । 

आज दिउँसो बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आंशिक देखी सामान्य बदली रहने यी क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागहरुका हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्य रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

यस्तै भोलि शनिवार बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरुमा  आंशिक देखी सामान्य बदली रहने, उच्च पहाडी तथा हिमाली भु–भागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम आइतबार सम्म जारी रहने महाशाखाको भनाई छ । 

बंगालको खाडीमा न्यून चापीय प्रणाली विकास भएकोले देशको पूर्वी भूभागबाट बदली हुँदै पश्चिमतिर सरिरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । बादलमा हल्का मात्र पानीको मात्रा भएकोले ठुलो बर्षा नहुने तर चिसो बढाउने उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप