मातृभूमिका लागि नेपालीका अभियानकर्ता विवेकशील साझामा आबद्ध
![मातृभूमिका लागि नेपालीका अभियानकर्ता विवेकशील साझामा आबद्ध](https://rpcdn.ratopati.com/media/albums/Photo_u1vBCrvWfx.jpg)
गाउँपालिका महासङ्घका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायण प्रसाद कोइराला, पूर्व सह-संयोजक भवानी प्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठ तथा कतिपय अगुवाहरू विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् ।
प्रवक्ता शरदराज पाठकका अनुसार लामो समय नेपाली काँग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक जना अगुवा हुन् । विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी (सह-संयोजक, कास्की), प्रकाश अधिकारी (नवलपुर), देवी बहादुर अधिकारी (गोर्खा), माधव प्रसाद लम्साल (नवलपुर), मदन पोखरेल (रुपन्देही) तथा विकास सापकोटा (चितवन) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न