स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख दिने, अन्य के–के छन् सुविधा ?

सरकारले कोभिड–१९ का कारण रोजगार गुमाएका, अति प्रभावित होटल,पर्यटन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यवसायीहरुलाई २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ । यस्तो कर्जा विपन्न वर्ग कर्जामा गणना हुने गरि स्वरोजगार सवारी साधन खरिदका लागि समेत अधिकतम २५ लाख रुपैयाँसम्म दिने राष्ट्र बैंकले जनाएको छ ।
शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेका बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न चाहेमा २५ लाखसम्मको व्यवस्था गर्ने र त्यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइएको बताएको छ ।
यस्तै, कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जा, महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु.२० लाखसम्मको कर्जा, वास्तविक कृषि व्यवसायीलाई रु.२० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जा आदिलाई समेत विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय