बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ५१
शुक्रबार, १० मङ्सिर २०७८

बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्रयाक्टर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । 

लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप