ad
x

उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

person explore access_timeमंसिर १०, २०७८ chat_bubble_outline0

उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो । 


उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ । 



तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।  ‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ ।  



विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताए ।  यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरुले चीनबाट कच्चा पदार्थ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।  



सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिएका थिए । किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन थिए । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।