बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवासँग भाजपा नेताको भेटघाट

शुक्रबार, १० मङ्सिर २०७८, ११ : १७
शुक्रबार, १० मङ्सिर २०७८

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप