बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षा : ठूला लगानीकर्ताहरूको स्वार्थ पुरा भएन ४/१२ को सीमा कायमै, सीडी रेसियो पनि यथावत्

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ११
शुक्रबार, १० मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको समीक्षा गरेको छ । ढिला गरी चार महिनापछि बैंकले गरेको समीक्षाले यसअघिको व्यवस्था मार्जिन ल्याण्डिङ (सेयर धितो कर्जा) को ४/१२ सीमा परिवर्तन गरेको छैन । 

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जा/निक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । यसले बजारमा हङ्गामा मच्चिएको छ । मौद्रिक नीति समीक्षाको तयारी हुँदै गर्दा ४/१२ सीमा परिवर्तन र सीडी रेसियोको बाध्यकारी व्यवस्था हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए । यसमा अप्रत्यक्ष रूपमा अर्थ मन्त्रालयको समेत राष्ट्र बैंकमाथि दबाब रहेको स्रोतले दाबी छ । तर तीव्र दबाबका बीच राष्ट्र बैंकले आफ्नो अडान कायमै राख्दै निर्णय गरेको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप