बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ०८
शुक्रबार, १० मङ्सिर २०७८

काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिहिबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका थिए ।

कार्यक्रममा मन्त्री आलेले इजरायली फिल्म निर्मातालाई नेपालको मनोहर दृश्य र सौन्दर्य आफ्नो फिल्ममा पनि समेट्न आग्रह गरे । देशको पर्यटन प्रवद्र्धनमा विदेशी फिल्मको छायाङ्कनले सकारात्मक प्रभाव पार्ने बताएका मन्त्री आलेले नेपाल छायाङ्कनमा आउने फिल्मलाई राहत प्याकेजको ब्यवस्था समेत गर्न लागेको जानकारी दिए ।

इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन महोत्सव आयोजना गरिएको कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बताए । त्यस्तै अभिनेता राजेश हमालले फिल्म सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने बिचार राखेका थिए ।

इजरायली राजदूतावासले यो पटकको महोत्सव इन्टरनेशनल साउण्ड सर्भिसेसको प्राविधिक सहकार्यमा ‘ड्राइभ–इन शो’ ढाँचामा आयोजना गरेको हो । एफएम रेडियो जडित सवारी साधनमा बसेर सोल्टी होटलको पार्किङमा ठूलो पर्दामा महोत्सवका फिल्म हेर्न सकिनेछ । विश्वमा ‘ड्राइभ–इन शो’ नौलो होइन । तर नेपालमा भने यो पहिलोपटक आयोजना भएको हो ।

आफ्नै गाडी भित्रको सुरक्षित घेरामा बसेर हेर्ने ‘ड्राइभ–इन शो’ ले कोरोनाका कारण शिथिल भएका फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा इजरायली राजदूतावासले राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप