बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ००
शुक्रबार, १० मङ्सिर २०७८

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।

सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्मका पृथ्वी राना मगर निर्माता हुन् ।

सम्पदा मल्ल कार्यकारी निर्माता, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप