मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ काँग्रेस सभापतिमा को–को छन् आकांक्षी ?

शुक्रबार, १० मङ्सिर २०७८, १० : २६
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ काँग्रेस​को सभापतिमा चार जना आकांक्षी देखिएका छन् । संस्थापन र इतरका समुहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । जसमा आज जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।

संस्थापन इतर पक्षबाट सभापतिका लागि डिकबहादुर लिम्बुको प्यानल र संस्थापन समूहबाट दिलिप गच्छदार प्यानल बनाएर प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । तर, उनीहरुले सभापति बाहेका अन्य प्यानलमा रहेको नाम सार्वजनिक भने गरिसकेका छैनन् । मोरङ संस्थापन इतरको समूहको बलियो पकड क्षेत्रका रुपमा लिइन्छ ।

१३ औं अधिवेशनमा देउवा प्यानलबाट जिल्ला सभापति जितेका डिकबहादुर लिम्बू यसपटक शेखर कोइराला प्यानलबाट उठ्ने तयारी गरेका छन् । उनले यसअघि नै आफू जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

जिल्ला उपसभापति र श्रम राज्यमन्त्री समेत भइसकेका गच्छदारले पनि सभापतिका लागि सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् । उनी संस्थापन समूहबाट सभापति पदमा भिड्दैछन् ।

यी संगै सभापतिको आंकाक्षीमा यदु विष्ट र खडग फागो पनि देखिएका छन् । तर उनीहरु सभापतिमा उम्मेदवारी दिने टुंगो लागेको छैन । बिष्ट नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने फागो र कोइराला संस्थापन इतरका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप