शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३० जिल्लामा काँग्रेस अधिवेशन आज : बाँकी कहाँ कहाँ रोकियो ?

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : ५९
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेसले शुक्रबार (आज) दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्रमा भएका जिल्लाको अधिवेशन गर्दै छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा आज अधिवेशन हुन लागेको जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा अधिवेशन सकिएको छ । एउटा निर्वाचन क्षेत्र भएका धनकुटा, सोलुखुम्बु, रसुवा र दार्चुलामा जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दार्चुला र सोलुखुम्बुमा आज अधिवेशन सम्पन्न हुने बताए ।

धनकुटामा अधिवेशन स्थगित भएको छ भने रसुवामा पालिका अधिवेशन गर्न विहीबार निर्वाचन अधिकृत खटाइएको उनको भनाइ छ । दुई वटा निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला गोरखामा पनि काँग्रेस अधिवेशन सम्पन्न भएको छ ।

बाँकी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आजबाट अधिवेशन सुरु हुन लागेको हो । श्रेष्ठका अनुसार प्रदेश दुईका ८ वटा जिल्लामा भने आज जिल्ला अधिवेशन सुरु हुने अवस्था छैन । सिरहामा वडा अधिवेशनसमेत सम्पन्न भएको छैन । 

अन्य जिल्लामा प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी छ । यस्तै प्रदेश अधिवेशन आयोजना गरिने कैलाली र मकवानपुरमा जिल्ला अधिवेशन सर्ने भएको छ । धनुषामा पनि प्रदेश अधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्न कठिन छ ।

यता एमालेको महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन प्रदेश अधिवेशन हुने जिल्लाको अधिवेशन स्थगित गरिएको हो । जिल्ला अधिवेशन हुन बाँकी ४२ जिल्लामा आजबाट सुरु भएर जिल्ला अधिवेशन प्रक्रिया सुरु भएको श्रेष्ठको भनाइ छ । उनले भने, ‘करिब ३० जिल्लामा अधिवेशन सुरु हुन्छ । बाँकी जिल्लामा पनि अधिवेशन हुँदै जान्छ ।’ 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप