शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूवोत्तर भारतमा भूकम्पको धक्का

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : ४७
शुक्रबार, १० मङ्सिर २०७८

नयाँ दिल्ली । शुक्रबार बिहान पूर्वोत्तर भारतमा भूकम्प गएको छ । म्यानमार र भारतको सीमा क्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ । आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको केन्द्रबिन्दु रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतको कोलकातामा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप