बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा काँग्रेस अधिवेशन स्थगन

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : १७
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगन गरिने भएको छ । मङ्सिर १० गते गर्ने भनिएको जिल्ला अधिवेशन पार्टीको आन्तरिक तयारी हुन नसकेकाले स्थगन गरिने प्रचारप्रसार समिति संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए । 

यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमै गर्ने तयारीका कारण  पनि जिल्ला अधिवेशन स्थगन गरिएको उनले बताए । मूल आयोजक समितिले नै प्रदेश अधिवेशनका लागि कैलाली जिल्लालाई जिम्मा दिएका कारण समस्या भएको उनले बताए । 

जिल्लाको सभापतिले ५१ प्रतिशत मत ल्याउनु पर्छ उनले भने २५५१ जना प्रतिनिधिको आन्तरिक व्यवस्थापनका लागि समय आवश्यक भएकाले स्थगन गरिएको उनको भनाइ छ । जिल्ला अधिवेशन स्थगनका लागि आज पार्टी बैठक बोलाएको उनले बताए । प्रदेशको सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न जिल्ला  नेता तथा कार्यकर्तालाई आवश्यक तयारीको भारका कारण पनि जिल्ला सम्मेलन गर्न नसकिने उनले बताए । सुनारका अनुसार अहिले जिल्ला अधिवेशन भन्दा पनि प्रदेश र केन्द्रीय महाधिवेशन महत्त्वपूर्ण भएका कारण पनि सबैको ध्यान त्यतैतिर केन्द्रित भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप