शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आयुष्मानले ल्याए ‘पोखरेली नानी’

शुक्रबार, १० मङ्सिर २०७८, ०८ : १०
शुक्रबार, १० मङ्सिर २०७८

गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । कुन्साङ बोम्जन, बिना राउत, दीक्षा खनाल र स्वयम् गायक आयुष्मान बिस्टको अभिनय भिडियोमा देख्न सकिन्छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको सम्पादन रहेको भिडियो अनुप चापागाईले निर्देशन गरेका हुन् । गायक बिष्ट बरिष्ठ गायक स्वर्गिय जगत मर्दन थापाको नाती हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप