बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाका नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’

शुक्रबार, १० मङ्सिर २०७८, ०७ : ५४
शुक्रबार, १० मङ्सिर २०७८

गत बर्ष कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष खोप आएको र धेरैले खोप लगाई सकेको हुनाले नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् । अझ पनि कोरोना भाइरस महामारी पुरै नहटेकोले हुनाले सीमित परिवार सदस्यहरुको जमघटमा धन्यवाद दिवस मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवतजावत गर्ने क्रम गत वर्षभन्दा अत्यधिक वृद्धि भएको छ ।

अमेरिकामा इसाई पर्व (क्रिसमस)पछिको दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवारबीच आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर वा खरिद गरिएका चिजहरू खाएर धन्यवाद दिवस मनाउने गरिन्छ ।

धन्यवाद दिवस’ पर्वमा मुख्यरुपमा अमेरिकामा टर्कीको मासुलाई विभिन्न तरिकाले बनाएर खाइन्छ भने साथमा अन्य परिकारका चिजहरू समेत व्यवस्था गरिन्छ ।

उक्त पर्वको अवसरमा परम्परा अनुसार ह्वाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउँदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । अमेरिकी राष्ट्रपति जो बाईडेनले गत नोभेम्बर १९ का दिन अगाडी राखिएको थियो भने उनले क्षमायाचना दिएका थिए । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।
 


यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन (परेड) गरिएको छ  । गत बर्ष कोरोना महामारीको कारण सामाजिक दूरी र स्वास्थ्यका सबै सावधानी अपनाई प्रदर्शन पनि गरिएता पनि यस बर्ष अलिक खुकुलो तरिकाले मनाइएको छ । यस बर्ष अत्यधिक स्थानमा उक्त झाँकी प्रदर्शन स्थगित गरियो ।

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरूको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र अझ उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ र मनाइन्छ । अमेरिकामा धन्यवाद दिवस को भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

इतिहास 
धन्यबाद दिवसमा कसरी सार्वजनिक बिदा दिइएको हो । तत्कालिन समयमा सराह हेल नाम गरेकी लेखिका तथा सम्पादकले राष्ट्रपति अब्राहम लिंकनलाई धन्यबाद दिवसको बारेमा पत्र लेखि यसलाई बार्षिक राष्ट्रिय बिदा दिनुपर्छ भनेर उत्प्रेरणा गरेकी थिइन् । त्यसैले अमेरिकामा धन्यवाद दिवसमा सराह हेललाई सबैले सम्झन्छन् ।

१८६३ मा हेलले ३५ बर्ष सम्म उनले गरेको याचिका र अभिव्यक्तिको कारण राष्ट्रपति लिंकन सोच्न बाध्य भए । अन्तत्वगत्वा सोही बर्ष लिङ्कनले राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरेका थिए । वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप