शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० लाख जरिवाना भएपछि फरार गुरुङ पक्राउ

बिहीबार, ०९ मङ्सिर २०७८, २२ : २६
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो । 

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको  खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप