ad

नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline0

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भिसा आवेदनका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गरे ।


नेपालले द्विपक्षीय श्रमसम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गराउँदै सम्झौतालाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे । पछिल्ला पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर सङ्ख्या सात हजार ६१८ नेपाली रोमानिया पुगेका छन् । भेटमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।