शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षीय निशान बने राप्रपाको महाधिवेशन प्रतिनिधि

बिहीबार, ०९ मङ्सिर २०७८, २१ : ४१
बिहीबार, ०९ मङ्सिर २०७८

राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ९ अन्तर्गतको प्रदेश सभा ‘ख’ मा २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कार्की राप्रपाको क्षेत्र नं ९ ‘ख’ को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत रहेका छन् ।

राप्रपाको हालसम्म निर्वाचित भएका महाधिवेशन प्रतिनिधि मध्ये कार्की सम्भवतः सबैभन्दा कान्छा प्रतिनिधि हुन् । ‘राप्रपालाई पुरानो र बुढाहरूको पार्टी भन्छन् तर म जस्ता धेरै युवा यसपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छौं’ कार्कीले भने, ‘अब राप्रपा युवाहरुको पार्टी हो’ पार्टीमा युवा आकर्षण बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप