बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ब्राउनसुगरसहित ७ जना पक्राउ

बिहीबार, ०९ मङ्सिर २०७८, २१ : १५
बिहीबार, ०९ मङ्सिर २०७८

झापा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ टेलिभित्ता बस्ने १९ वर्षीय नारायण राजवंशी, सोही वडाको बोक्तोबारी बस्ने २२ वर्षीय प्रकाश राजवंशी, वडा नम्बर ६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, ५ बस्ने २१ बर्षीय सोनु राजवंशी, विर्तामोड नगरपालिका ८ बस्ने १८ वर्षीय सुदिप श्रेष्ठ, सोही नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका १ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले मे १ प ९७०१ र को ३८ प ९०२८ नम्बरका दुई मोटरसाइकलसहित ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर र १ थान नाइट्रोजन ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप