सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मनाइयो सातौं उद्योग दिवस

बिहीबार, ०९ मङ्सिर २०७८, २० : ४१
बिहीबार, ०९ मङ्सिर २०७८

सरकारले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिनै उद्योग दिवस सम्पन्न गरेको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । तर, उद्योग मन्त्रालय शेरबहादुर देउवा नेतृत्वको प्राथमिकतामा नपर्दा यस वर्षको उद्योग दिवस मन्त्री बिनै सम्पन्न भएको हो ।

आज राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।

यसबाहेक,उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णहरि अधिकारीको समेत सहभागिता थियो । उद्योगमन्त्री नहुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कानून निर्माणका फाइल नै दराजमा थन्किएर बसेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप