शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

महामारीबाट तङ्ग्रिँदै अर्थतन्त्र, ८७ प्रतिशत पूर्णरुपमा सञ्चालन

बिहीबार, ०९ मङ्सिर २०७८, २० : ३५
बिहीबार, ०९ मङ्सिर २०७८

कोभिड–१९ महामारीबाट बन्द भएकामध्ये ८७.२ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रीय बैंकले यो वर्षको कात्तिक ७ देखि १७ गतेमा सर्वेक्षण सम्पन्न गरेको थियो ।

पुनरावृत्ति सर्वेक्षणमा २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा सुधार आएको पाइएको छ । कोभिड पूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन÷कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । यस्तै, यो अवधिमा रोजगारीको अवस्थामा समेत सुधार आएर ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि, राष्ट्र बैंकले कोभिड–१९ महामारीले व्यवसायमा पारेको असर अध्ययन गर्न २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीबाट तथ्याङ्क संकलन गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालन हुन नसकेको र ४१ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप