पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई काँग्रेस नेता जोशीको सहयोग
नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई आर्थिक सहयोग गरेका छन् । नेता जोशीले प्रदेश समितिको कार्यालय अनामनगरमा पुगेर प्रदेश अध्यक्ष श्रीजन झालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । जोशीले प्रदेश समितिको कार्यालय प्रयोजनका लागि कम्प्युटर, फर्निचर लगायतका समाग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेता जोशीले मुलुकको परिवर्तनकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिकाको सराहना गरे । उनले पत्रकारको कलम सशक्त रुपमा चलेमा त्यसले प्रजातन्त्र झनै बलियो हुने बताए । उनले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने बताए ।
कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय छापा माध्यम सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकारहरुको पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताए । उपत्यका प्रदेशका अध्यक्ष झाले नेता जोशीले समितिलाइ सहयोग गर्न देखाएको सदिच्छा आफैमा तारिफ योग्य भएको भन्दै सहयोगका लागि आभार व्यक्त गरे ।
झाले उनको वर्तमान र भविष्यको राजनैतिक यात्राको सफलताको कामना समेत गरे । नेता जोशी नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आगामी १६ गते हुने बागमती प्रदेशसभाको लागि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् ।
कार्यक्रममा समितिका महासचिव टेनिस रोका तथा कार्यसमितिका रमा कुमारी न्यौपाने, प्रविण श्रेष्ठ, नेत्र न्यौपाने, अनिल गुप्ताका साथै विभिन्न सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा
-
स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट