शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई काँग्रेस नेता जोशीको सहयोग

बिहीबार, ०९ मङ्सिर २०७८, २० : ३०
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई आर्थिक सहयोग गरेका छन् । नेता जोशीले प्रदेश समितिको कार्यालय अनामनगरमा पुगेर  प्रदेश अध्यक्ष श्रीजन झालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  जोशीले प्रदेश समितिको कार्यालय प्रयोजनका लागि कम्प्युटर, फर्निचर लगायतका समाग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेता जोशीले मुलुकको परिवर्तनकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिकाको सराहना गरे । उनले पत्रकारको कलम सशक्त रुपमा चलेमा त्यसले प्रजातन्त्र झनै बलियो हुने बताए । उनले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय छापा माध्यम सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकारहरुको पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताए । उपत्यका प्रदेशका अध्यक्ष झाले नेता जोशीले समितिलाइ सहयोग गर्न देखाएको सदिच्छा आफैमा  तारिफ योग्य भएको भन्दै सहयोगका लागि आभार व्यक्त गरे ।

झाले उनको वर्तमान र भविष्यको राजनैतिक यात्राको सफलताको कामना समेत गरे । नेता जोशी नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आगामी १६ गते हुने बागमती प्रदेशसभाको लागि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् ।

कार्यक्रममा समितिका महासचिव टेनिस रोका तथा कार्यसमितिका रमा कुमारी न्यौपाने, प्रविण श्रेष्ठ, नेत्र न्यौपाने, अनिल गुप्ताका साथै विभिन्न सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप