
राप्रपा बैठक : अध्यक्षत्रयको तीन कार्यपत्र परिमार्जनसहित पारित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत तीन कार्यपत्र परिमार्जनसहित पारित गरिएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तीन कार्यपत्र परिमार्जनसहित पारित गरेको हो ।
मंसिर १५ गतेदेखि सुरु हुने एकता महाधिवेशनका लागि अध्यक्ष जबराले सामाजिक, थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र तयार पारेका छन् । बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धि मस्यौदा पनि परिमार्जनसहित पारित गरेको छ ।
बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचन सम्बन्धि र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । राप्रपाको एकता महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ