शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

बिहीबार, ०९ मङ्सिर २०७८, १९ : ३५
बिहीबार, ०९ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १९३ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ महिला र ६ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ७, स्याङजा १, तनहुँ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८५१ पुगेको छ । 

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –२९ की ८६ वर्षीय महिला र पोखरा–३० का ५१ वर्षीय पुरुष रहेका छन् । उनीहरुको पोखरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१५ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २६१ पुगेको छ भने होम आइसोलेसनमा १४९ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १७५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप