शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा काँग्रेसको संस्थापन इत्तर पक्ष हावी : महाधिवेशन प्रतिनिधि कसका कति ?

बिहीबार, ०९ मङ्सिर २०७८, १८ : ५६
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेस धादिङमा संस्थापन इत्तर पक्ष बलियो देखिएको छ । धादिङमा संस्थापन इत्तर पक्षको नेतृत्व रामनाथ अधिकारी र संस्थापन पक्षको नेतृत्व भीमप्रसाद ढुंगानाले गरेका छन् । धादिङको प्रतिनिधिसभा क्षेत्र नं. १ मा रामनाथको प्यानल नै विजयी भएको छ । प्रदेशसभा १ ‘क’ र ‘ख’ मा पनि रामनाथकै प्यानल विजयी भएको थियो । 

ढुंगानाको पकड मानिएको प्रतिनिधिसभा २ मा पनि रामनाथ पक्षले नै बाजी मारेको छ । सचिव र सहसचिव एक एकजना बाहेक सभापतिसहित अधिकांश पदमा रामनाथकै प्यानल विजयी भएको छ ।

प्रदेशसभा २ को प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा रामनाथ र भीमप्रसादले एउटा हात पारेको छ । प्रदेशसभा २ ‘क’ रामनाथ प्यानलका होमबहादुर गुरुङले जितेका छन् भने प्रदेशसभा २ ‘ख’ मा भीमप्रसाद प्यानलका रणबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन् ।

यो दुबै क्षेत्रमा प्यानल विजयी नभएपनि पदाधिकारीसहित सदस्यहरु रामनाथ प्यानलबाटै धेरै विजयी भएका छन् ।

प्रतिनिधिहरू कसका कति ?

धादिङबाट काँग्रेसका ५० जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । त्यसमा पनि ४१ जनाले रामनाथ प्यानलबाट नै चुनाव जितेका छन् भने भीमप्रसाद प्यानलबाट ९ जनाले मात्रै जितेका छन् ।

२ जना क्षेत्रीय सभापतिसहित केन्द्रीय महाधिवेशनमा ५२ जना प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशसभामा  प्रतिनिधि पनि रामनाथ प्यानल नै हावी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप