एमाले महाधिवेशन : पर्चा, पम्प्लेट र होर्डिङबोर्डले रङ्गियो चितवन (फोटोफिचर)

नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी लगभग पुरा भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले महाधिवेशनको सम्पूर्ण तयारी लगभग पुरा भएको बिहीबार नारायणी नदी किनारस्थित महाधिवेशन उद्घाटन स्थलको चौरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
हुन पनि एमालेले महाधिवेशनलाई भव्य बनाउन कुनै कसर बाँकी रहेको छैन। चितवनस्थित भरतपुर महानगरपालिका, रत्ननगरपालिका र आसपासका क्षेत्रमा एमालेले आक्रामक ढंगले प्रचार सामग्री राखेको छ । सडकका दायाँबायाँ सूर्य चुनाव चिन्ह, पार्टीको झण्डासहित अध्यक्ष केपी ओलीको फोटोसहितको पर्चा पम्प्लेट राखिएको छ भने उल्लेख्य सङ्ख्यामा होर्डिङ बोर्ड राखिएको छ भने महाधिवेशनको उद्घाटनस्थल प्रवेश गर्ने फरक फरक स्थानमा भव्य स्वागतद्वार राखिएको छ ।
यस्तै चोकदेखि महाधिवेशन स्थल वरपर रातो क्याप लगाएका स्वयम् सेवक खटिएका छन्। यस्तै एमालेको प्रचार टोलीले माइकिङ गर्दै चुनावको प्रचार पनि गरिरहेका छन् । एमालेले प्रचार र मञ्च व्यवस्थापनमै करोडौँ खर्च गरेको छ । एमाले प्रचार विभाग प्रमुख भट्टराईका अनुसार महाधिवेशनका लागि करिब साढे ७ करोड खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य